नियम १४६
प्राविधिक प्रस्तावको मूल्याड्ढन गर्ने तरिका
(१) प्राविधिक प्रस्ताव मूल्याड्ढन गर्दा
मूल्याड्ढन समितिका प्रत्येक सदस्यले छुट्टा छुट्टै रुपमा नियम १४२ को उपनियम (६)
मा उल्लिखित आधार बमोजिम मूल्याड्ढन गरी प्रस्तावदाताले प्राप्त गरेको अड्ढ यकिन
गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अड्ढ यकिन भए पछि सो समितिको प्रत्येक सदस्यले
प्रदान गरेको अड्ढ गणना गरी सो समितिले त्यस्तो प्रस्तावले प्राप्त गरेको औषत अड्ढ
निकाल्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम मूल्याड्ढन पछि मूल्याड्ढन समितिले नियम
१४२ को उपनियम (९) बमोजिमको उत्तीर्णाड्ढ प्राप्त गर्ने प्रस्तावदाताहरुको सूची
तयार गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको सूची तयार गर्दा उच्चतम अंंक प्राप्त गर्ने
प्रस्तावदातादेखि क्रमैस“ग तयार गर्नु पर्नेछ ।
(५) मूल्याड्ढन समितिले प्राविधिक प्रस्तावको मूल्याड्ढनको कार्य समाप्त नहुन्जेल
आर्थिक प्रस्ताव खोल्न हुंदैन ।
(६) उपनियम (३) बमोजिमको सूचीमा रहेका प्रस्तावदाताको मात्र नियम १४९
बमोजिम आर्थिक प्रस्ताव खोलिनेछ ।
(७) उपनियम (३) बमोजिमको सूचीमा समावेश हुन नसकेका प्रस्तावदाताको
प्रस्ताव नखोली सम्बन्धित प्रस्तावदातालाई फिर्ता गर्नु पर्नेछ ।